दफा ४१८
संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सकिने

(१) संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नु पर्दा त्यस्तो सम्पत्तिका सबै स्वामित्ववालाहरूको मञ्जुरीलेहस्तान्तरण गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम सबै स्वामित्ववालाहरू संयुक्त सम्पत्ति हस्तान्तरण गर्न मञ्जुर नभएमा पनि कुनै स्वामित्ववालालेआफ्नो हक वा हिस्साको सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम कुनै स्वामित्ववालाको हक वा हिस्साको संयुक्त सम्पत्ति हस्तान्तरण गर्दा प्राविधिक दृष्टिलेत्यस्तो भाग छुट्याउन नमिल्ने भएमा र त्यस्तो सम्पत्ति अन्य स्वामित्ववालाले लिन चाहेमा स्वामित्ववालाहरू बीच एकआपसमा मञ्जुर गरेको मूल्यमा लिन पाउनेछ ।
(४) एकभन्दा बढी स्वामित्ववालाहरूले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुरी गर्नेस्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।
(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्वामित्ववालाको हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालालेलिन नचाहेमा र त्यस्तो सम्पत्ति छुट्याई हस्तान्तरण गर्न प्राविधिक दृष्टिले नमिल्ने भएमा संयुक्त सम्पत्तिकोसम्पूर्ण हिस्सा बिक्री गरी प्राप्त रकम त्यस्तो सम्पत्तिमा रहेको हक वा हिस्साको आधारमा स्वामित्ववालाहरू बीचबाँडफाँड गर्नु पर्नेछ ।
(६) उपदफा (१) विपरीत कसैले संयुक्त सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा कायम छत्यति सम्पत्ति मात्र हस्तान्तरण गरेको मान्य हुनेछ र निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्तिसम्बन्धित व्यक्तिले फिर्ता लिन पाउनेछ ।